एउटै दृष्टि, भिन्न कोण

पाकिस्तान सुपर लिग खेलेर, काठमाडौं फर्किए सन्दिप लामिछाने

२०७५ फाल्गुन २८ गते मङ्गलवार

चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किदैछन् । पाकिस्तान सुपर लिग क्रिकेट पीएसएल खेलेर सन्दीप लामिछाने मंगलबार दिउँसो साढे ४ बजे स्वदेश आए लगत्तै उनी विमानस्थलमा फ्यानहरुबाट घेरिन पुगेका छन् । लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाएका सन्दिप अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई गएका थिए ।

यूएईमा पाँच खेलेपछि पीएसएलका बाँकी खेल पाकिस्तानमा भएका थिए । जसका लागि पाकिस्तान आइपुगेका सन्दीपको टिम लाहोर हिजो सम्पन्न अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो । मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए ।

तस्बिर: सन्दिप लामिछानेकाे हाे।

प्रतिक्रिया दिनुहोस