एउटै दृष्टि, भिन्न कोण

राराकाे उद्घाटन कार्यक्रममा ३७ लाख भ्रष्टाचार

२०७५ फाल्गुन २९ गते बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट वैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।

समितिले अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ।

प्रदेश सरकारले जेठ २५ गते संसद्मा ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेको थियो। त्यसयता सार्वजनिक लेखा समिति, उद्घाटन कार्यक्रमको छानबिनका लागि गठित उपसमितिलाई सरकारले बुझाएको विवरणमा पनि फरक–फरक तथ्यांक प्रस्तुत गरिएका थिए। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस