एउटै दृष्टि, भिन्न कोण

अर्को चुनाबमा विवेकशील साझाले जिते, देशले पनि जित्छ !

२०७५ चैत्र १ गते शुक्रवार

विवेकशील साझा पार्टीकाे प्रवास संगठन, विवेकशील साझा सद्भाव समुह भारतका प्रबक्ता तथा अन्तर्राष्ट्रिय सञ्चार समुहका सदस्य जीवन सम्राटले: अागामी निर्वाचनमा, प्रवासी नेपालीहरु राष्ट्र निमार्णकाे अविभारा लिएर देशमा फर्कनुपर्ने बताए। विवेकशील साझा पार्टीले अंगालेकाे सुसंस्कृत सहितकाे राजनीति र हाम्रै जीवनकालमा देशकाे परिवर्तन गर्ने ईच्छा शक्ति सहित पुन: गाउँमा फर्किनु पर्ने बताए।

मुम्बई स्थित बदलापुर नगरमा प्रवासी युवाहरु संग, विवेकशील साझा सद्भाव समूह कसरी गठन गर्ने भन्ने सन्दर्भमा गरिएको, परिचत्यामक भेटघाटमा प्रबक्ता सम्राटले, यस्तो बताए।

भेटघाटमा उपस्थित युवाहरुले विवेकशील साझा पार्टीको, प्रवासी संगठनमा काम गर्ने ईच्छा समेत ब्यक्त गरे। युवाहरुले विवेकशील साझाका निति कार्यक्रम सबै नागरिक सामु पुर्‍याउनुु पर्ने तर्क राखे। अागामी चुनाबमा विवेकशील साझा पार्टीले जिते, देशले पनि जित्ने – उनीहरूले बताए।

प्रतिक्रिया दिनुहोस