एउटै दृष्टि, भिन्न कोण

युवामा प्रश्न: कांग्रेस, कम्युनिस्ट समाज बनाउने कि विवेकशील समाज ?

२०७५ चैत्र २ गते शनिवार
  • गाेपाल थापा

विवेकशील साझा सद्भाव समूह भारतका प्रबक्ता तथा अन्तर्राष्ट्रिय सञ्चार समुहका सदस्य जीवन सम्राटले युबा पुस्तामा प्रश्न गरे। उनले भने: नेपाली समाजलाई ‘कांग्रेस, कम्युनिस्ट, राजावादी समाज बनाउने कि विवेकशील समाज’ बनाउने।’

‘बर्षाै देखि हामीले कस्तो चरित्रका मनुष्यलाई नेता मानिरहेका छाै। खै देशमा शान्ति, ००७ साल देखि हामी अनावश्यक क्रान्ति कै नाममा समाज बिभाजन गरिरहने कि, समाजलाइ विवेकशील, बौद्धिक, उधमसिल समाज बनाउने’- उनले बारम्बार प्रश्न गरे।

मुम्बई स्थित उल्हासनगर नगरमा प्रवासी युवाहरु संग, संगठन निमार्ण लगायत अन्य महत्त्वपूर्ण भेटघाटमा, प्रबक्ता सम्राटले नयाँ पुस्ताकाे नेतृत्व गर्ने रबिन्द्र मिश्रले नयाँ बिचार र नयाँ दृष्टिकोण सहित नेपाली समाजकाे नयाँ स्वरुप कल्पना गरेकै कारण पनि सबै युवा पुस्ताले साथ दिनुपर्ने बताए।

भेटघाटमा अहिले प्रवासमा संगठन तिब्र गतिमा निमार्ण गरेर गाउँमै फर्किने र अागामी निर्वाचनमा विवेकशील साझा पार्टीकाे पक्षमा जनमत शिर्जना गर्न नयाँ कार्यक्रम ल्याउनु पर्नेमा युवाहरुले जाेड दिए।

प्रतिक्रिया दिनुहोस