एउटै दृष्टि, भिन्न कोण

सद्भाव समुह कतारले अलखाेर समिति बनायाे

२०७५ चैत्र ३ गते आइतवार

विवेकशील साझा पार्टीको प्रवासी संगठन, विवेकशील साझा सद्भाव समूह कतारले: अलखोर क्षेत्रीय इकाइ गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

भेलाले रिम प्रसाद पन्थीको अध्यक्षतामा १९ सदस्य कार्यसमिति र २ सदस्य सल्लाहकार समिति सर्बसम्मत चयन गरेकाे विवेकशील साझा सद्भाव समूह कतारले बतायो। समितिकाे उपाध्यक्षमा नारायण लामिछाने, महासचिवमा सविन सुवेदी, सचिब मुकुन्द अर्याल र कोषाध्यक्षमा सत्यन्द्र दास चयन भएका छन् भने सदस्यहरुमा सञ्जु राई, पशुराम दास, अब्दुल अन्सार, अमर दास, शेर बहादुर के सी, चन्द्र बहादुर दर्जी, बालकृष्ण श्रेष्ठ , चित्र बहादुर मगर,बिष्णु पुरी , शेरबहादुर बस्नेत, ध्रुव के सी, खिलराज रेग्मी, सुर्य नारायण गौतम, लक्ष्मण राय यादव रहेको अध्यक्ष पन्थीले बताए।

समितिले गठन गरेको सल्लाहकार समितिमा प्रबिण थापा र किशोर गुरुङ रहेका छन्।

पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ, समर्थन तथा सद्भाव राख्ने नेपालीहरु दिनानुदिन बढिरहेकाे अभियान्ताहरुले जनाए।

प्रतिक्रिया दिनुहोस