एउटै दृष्टि, भिन्न कोण

बाबुराम भट्टराईले भने: ‘प्रचण्ड सबैभन्दा भ्रष्ट’

२०७५ चैत्र ३ गते आइतवार

प्रचण्ड नेपालको सबैभन्दा भ्रष्ट र पाखण्डी ब्यक्ति भएको अभिब्यक्ति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक समारोहमा दिएका छन् । आफू तत्कालीन माओवादी पार्टीबाट बाहिरिएपछि नयाँ सङ्गठन निर्माणको सिलसिलामा माओवादीका असन्तुष्ट कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा केही वर्षअघि बाबुरामद्वारा दिइएको भाषण यतिबेला चर्चामा छ ।

सो भाषणमा आफुले माओवादी पार्टी परित्याग गर्नुको कारण स्पष्ट गर्दै बाबुरामले भनेका छन्– ‘लडाकुहरूको नाममा राज्यबाट प्राप्त अर्बौं रुपैयाँ प्रचण्डले हामी कसैलाई जानकारी नै नदिई हिनामिना गरे । टेलिकम्युनिकेसनमा बीस अर्बको भ्रष्टाचार भएको र प्रचण्डले आफ्ना मानिसलाई सञ्चारमन्त्री बनाउनुको कारण पनि खुल्यो, पीएलको हतियार बेचेर रकम असुल्ने प्रयाससमेत प्रचण्डबाट भयो ।’

प्रतिक्रिया दिनुहोस