एउटै दृष्टि, भिन्न कोण

अनुगमनका नाममा उपाध्यक्षकाे, परिक्षाकाेठामा मर्यादा उलंघन

२०७५ चैत्र ४ गते सोमवार

अहिले बार्षिक परीक्षा चलिरहेको छ। परिक्षामा ‘नयाँ गाईकाे, नाै पुला घाँस’ भने झै स्थानीय तहका जनप्रतिनिधिहरु कक्षा काेठामै पुगेर, परिक्षामा सामेल विद्यार्थीहरुकाे मनस्थिति अन्तै माेडिरहेका छन्। जनप्रतिनिधिहरुले अाफै परिक्षाकाे नियम उलंघन गरेर अमर्यादित काम गर्दै, विद्यालयलाइ परिक्षा मर्यादित गराउन निर्देशन दिएका हास्यास्पद अभिब्यक्ती दिईरहेका छन्। उनीहरु अनुगमनकाे नाममा, विद्यार्थीहरु माझ अनावश्यक बाेझ थपिरहेका छन्।

गंगादेब गाउँपालिका रमिते स्थानीय तह हाे। यहाँ सधै र सबै जनप्रतिनिधिले रमिता मात्रै देखाउन जानेका छन्। विरेन्द्र माबि सुकिदहकाे परीक्षा भैरहेकाे बेला, कक्षा काेठामा उपाध्यक्ष रिता घर्ती र वडाध्यक्ष जलेश केसीकाे हुलमुल पुग्याे र कक्षा काेठामा विद्यार्थीहरु लेख्ने भन्दा पनि मुखामुख गर्न तिर लागेको विद्यालयका एक शिक्षकले बताए। उनी भन्छन्: “परिक्षा चलिरहेको बेला अाउन अाबश्यक नै थिएन।”

उपाध्यक्ष घर्तीले चिनेका विद्यार्थीहरु संग गाउँ घरकाे हालखकर बुझ्न सम्म भ्याएकाे एक विद्यार्थी बताए। उनीहरुले फाेटाे खिच्दै गर्दा, माेबाईलकाे धुन बजिरहेको थियाे। उनीहरुका फाेेेन अाईरहेका थिए। त्यहाँ यस्तो लाग्थ्याे कि, कुनै फाेटाे सुट गर्ने कार्यक्रम भैरहेको छ। परिक्षा चलिरहेको अबस्थामा कुनै पनि ब्यक्तिले फाेटाे खिन्न पाईदैन तर उनहरुले भने सानदार तरिकाले फाेटाे खिचे।

“परीक्षा चलिरहेको थियाे। काेठाभित्र एकहुल मान्छेहरु जम्मा भएपछि, हामीहरुकाे माेड नै बदलियाे। उनीहरु हाम्रो काेठामा करिब १० मिनेट जति राजनीतिक बहन गरिरहे। हामीहरु कापीमा लेख्ने भन्दा पनि, मुखामुख तिर बढि ध्यान दिन थाल्यौं।” याे भनाइ परिक्षामा सहभागी एक विद्यार्थीकाे हाे।

तस्बिरमा देखिने: उपाध्यक्ष रिता घर्ती र वडाध्यक्ष जलेश केसी हुन्।

प्रतिक्रिया दिनुहोस