एउटै दृष्टि, भिन्न कोण

बढी शुल्क फिर्ता र दोषीलाई कारवाही गर्न विवेकशील साझाकाे माग

२०७५ चैत्र ४ गते सोमवार

मेडिकल कलेज र शैक्षिक संस्थाहरुमा बढी शुल्क असुलीबारे मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरु प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

“शिक्षा र स्वास्थ जस्ता आधारभुत सेवाका क्षेत्रमा नाफाखोर व्यवशायीकरणको नीतिले गर्दा यस्ता हर्कतबाट अभिभावक र विद्यार्थिहरु निरन्तर रुपमा मारमा परेका छन्। तर धेरै शुल्क लिने दोषी कलेजहरुलाई कारवाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण छ” पार्टीका प्रबक्ता डा.सुर्यराज अाचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“यसबाट विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता गर्न र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाहरुको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।”

“शिक्षा र स्वास्थ्य जस्ता आधारभुत सामाजिक सेवामा राज्यको दायित्व सहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितिताका लागि आवस्यक कानुनि व्यवस्था हुनु पर्ने कुरामा विवेकशील साझा पार्टी दृढ संकल्पित छ” उक्त विज्ञप्ति उल्लेख्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस