एउटै दृष्टि, भिन्न कोण

नेपाल फर्कौं महाअभियान: अमेरिका छाडेर, जन्मभूमि फर्किन बिनिषा श्रेष्ठ

२०७५ चैत्र ६ गते बुधवार

अमेरिकाको बिश्वबिद्धालयबाट फिल्म र संचारमा स्नातकोत्तर गरेकी नेपाल फर्कौं महाअभियानकि एक सशंक्त सदस्य बिनिषा श्रेष्ठ घर फर्केकी छन्।

अमेरिकामै स्थापित नेपालको हस्तकलाको व्यापार, अावास, छोरा-छोरीको शिक्षा/बिद्यालय अथवा अमेरिकामा नपुग्दो केहि नहुदा पनि जे गर्ने हो, नेपालमै गर्नुपर्छ भन्ने मात्र होइन, आफ्ना छोरा-छोरीलाई नेपाल कै शिक्षा र संस्कार दिएर हुर्काउनु, पढाउनु पर्छ भनेर बिनिषा श्रेष्ठ नेपाल फर्किएकाे नेपाल फर्कौं महाअभियानका अगुवा तथा विवेकशील साझा सद्भाव समुहका अन्तर्राष्ट्रिय संयाेजक राजेन्द्रप्रसाद पंगेनीले जानकारी दिए।

”तपाईको बुवा आमाले तपाईलाई कहिल्यै अरु संग छोड्नु भयो र? आफ्ना केहि बाध्यताहरु हुन सक्लान तर व्यक्तिगत महत्वकांक्षाको कारणले उहाहरुलाई एक्लै छोड्नु ठिक हो त? केहि पैसा, वा व्यक्तिगत सफलताका लागि सधै भरि आफन्त, समाज, घर र आफ्ना सुनौला पलहरु छोडेर हजारौं कोष टाढा बस्दा हामी खुसि छौं त? नेपालको जीवन शैली, कमाई आदि बिदेशमा जस्तो नहोला, तर
नेपालकै माटोमा हुर्केका हामीले यहि ठाउँमा प्रगति गर्नै नसक्ने छौं र? यस्ता दर्जनौं प्रश्नहरु हामीलाई छोडेर एकदशकको अमेरिकी जीवनलाई बिट मार्नु भयाे, बिनिषा जीले”: पंगेनीले भने।

ललितपुर निवासी, नेपाल फर्कौं महाअभियान कि एक सशक्त अभियन्ता बिनिषा नेपालबाट अभियानको संयोजन हुनेछिन्।

प्रतिक्रिया दिनुहोस