एउटै दृष्टि, भिन्न कोण

भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्छ !

२०७५ चैत्र ७ गते बिहिवार
  • भाेजराज खड्का

विवेकशील साझा पार्टीले हाम्रै पालामा, देशलाई समृद्धि र सुशासन दिने अभियान चलाएको छ। याे अभियान प्रति दिनानुदिन नेपालीहरुकाे साथ बढिरहेको छ। अहिलेको राज्य व्यवस्थाले हामी, हाम्रो गन्तव्यमा पुग्न धेरै कठिन हुन्छ होला। अहिलेकाे राज्य व्यवस्थालाई केही परिमार्जन गर्नैपर्छ।

• हाम्रो जस्तो सानो देशमा यति ठूलो संघीयताले धान्न अलिक धाै पर्ला र हाम्रो अहिले कै अबस्था हाे भने, अर्थतन्त्रले पनि धान्दैन ।

• माथिल्लो सदनको लागि जति जिल्ला छन तेति मात्र प्रतिनिधि हुनु पर्छ ।

• प्रदेशमा भित्र धेरै मा २५ जना मात्र प्रतिनिधि हुनु पर्छ ।

• समानुपातिक कोटा प्रणाली बन्द गर्नु पर्छ ।

• प्रधानन्यायाधीशलाई सबै भन्दा धेरै अधिकार दिनुपर्छ ।

• कुनै पनि संबैधानिक निकायलाई खुला रुपमा काम गर्न दिनुपर्छ ।

• कुनै पनि ब्यक्ति एक पटक भन्दा कुनै पनि राज्य को प्रमुख पदमा बस्न नपाउने व्यवस्था गर्नुपर्छ ।

समाज हाम्रै, पालामा समृद्धि बनाउने हाम्राे संकल्प छ। धन्यवाद ।

खड्काका निजी बिचार हुन्।

प्रतिक्रिया दिनुहोस