एउटै दृष्टि, भिन्न कोण

हुतीहारा सरकार : कुसुम कुसुम

२०७५ चैत्र ८ गते शुक्रवार
  • कुसुम कुसुम 

सरकार आफै मेनपावरको दलालजस्तो भएको छ । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने, तर आफन नागरीकलाई जापानमा श्रम गर्न सरकार आफैले पठाउने अनि ति गरीबहरुले पठाएको रेमीटयान्सबाट अर्थतन्त्र धान्ने । हुतीहारा र नालायक शासकहरुले गर्ने यस्तै हो ।

एकातिर जमीन बाँझो राखेमा कार्वाही गर्ने नियम बनाउने, अनि ति जमीनमा खेती गर्ने पौरखी बलीया पाखुरालाई बिदेश पठाउने । युवालाई विदेश पठाएपछि के ति बाँझा जमीनमा रोगी र अशक्त बुढाबुढीले हलो जोत्नुपर्ने ? यही हो सरकारले गर्न खोजेको ?

कुसुमकाे निजी बिचार हाे। उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस