एउटै दृष्टि, भिन्न कोण

नेपाली बुहारी बन्दै बलिउड अभिनेत्री श्रद्धा कपूर

२०७५ चैत्र ८ गते शुक्रवार

अभिनेत्री श्रद्धा कपूर नेपाली मूलका युवा रोहन श्रेष्ठको प्रेममा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख भएको छ ।

बलिउड प्रोफेहनल फोटोग्राफ समेत रहेका रोहन र श्रद्धा अफयरमा रहेको चर्चा भएसँगै उनीहरुले घरजम गर्न लागेको कुरा सञ्चार माध्यममा सार्वजनिक भएको छ ।

श्रद्धा र रोहन बाल्यकालको साथी हुन् । नेपाली मुलका रोहनको पिता कामको सिलसिलामा मुम्बाई पुगेपछि रोहनको परिवार उतै सेटल भएको हो । ३३ वर्षिय अभिनेत्री श्रद्धाले अर्को वर्ष मे सम्ममा घरजा गरिसक्ने तयारी गरेकी छन् ।

रोहन बलिउडका चर्चित फोटोग्राफ राकेश श्रेष्ठका छोरा हुन् । श्रद्धा र रोहनले स्कुल र कलेज सँगै पढेका हुन् । रोहन बलिउड चर्चित अभिनेता अर्जुन कपूर, वरुण धवन, रणवीर सिंह र रणवीर कपूरसँग नजिक रहेका छन् ।

बलिउडकी चर्चित अभिनेत्री श्रद्धा ब्याटमिन्टन खेलाडी साइना नेव्हालको जीवनीमा आधारित फिल्म छोडेपछि चर्चामा रहेकी छन् । उनी अहिले बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस