एउटै दृष्टि, भिन्न कोण

विप्लवका तेस्रो नेता हेमन्त पनि पक्राउ परे

२०७५ चैत्र ९ गते शनिवार

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरिएकाेे हाे।
प्रतिक्रिया दिनुहोस