एउटै दृष्टि, भिन्न कोण

भविस्यकाे पुर्वाभास खै: कुसुम ?

२०७५ चैत्र ९ गते शनिवार
  • कुसुम कुसुम

संसार परिवर्तनशील छ । भविश्यमा हुनसक्ने परिवर्तनको पुर्वाभास गर्न सकिएन भने मानिस सफल नहुँदोरहेछ । हामी निम्न मध्यमबर्गीय मानिसहरुको एउटा बिडम्बना हामी बर्तमानलाई चुम्न सक्दैनौं । उदाहरणका लागि बर्तमान आइफोनको हो, तर आइफोन किन्ने पैसा हुँदैन । जुन दिन आइफोन किन्नसक्ने हैसियत बन्नेछ, त्यो भूत भइसक्नेछ । किनकी, बर्तमानमा चाहिँ आइफोनभन्दा उन्नत अर्को कुनै प्रविधि आइसक्नेछ, जसमा पहुँच हुनेछैन ।

एउटा रमाइलो प्रसँग छ । एकताका पेजरको जमाना थियो । मानिसहरु कम्मरमा पेजर बाँधेर हिँडथे । पेजरको फेसन चलुन्जेल ममा पेजर किन्ने हैसियत भएन, एकदिन कसो कसो पेजर किनेर कम्मरमा के बाँधेको थिएँ, मोबाइल फोनको जमाना आइहाल्यो, पेजर कम्पनी बन्द भए ।

सानोमा लागेको थियो, सँधैभरी कलमले कापीमै लेख्नुपर्नेछ । यही कारण अक्षर राम्रो बनाउन भन्दै सयौं कापी खेर फालीयो । एसएलसी दिएर काठमाडौं आउन पाएको छैन, कम्प्युटरको जमाना आयो । पच्चिस वर्ष भयो, किबोर्डमा औंला खेलाउन थालेको । सादा कापीमा दुई चार पृष्ठ नलेखेको पनि जुगौं बितेछ । मेरा राम्रा अक्षरको अब के काम ? प्रेमपत्र लेख्ने जमाना पनि गइहाल्यो ।

अतः आज हामीले जेलाई मानक मानेर सोचीरहेको छौं र जेलाई अकाटय मानेर पछयाइरहेका छौं, त्यो भोली रहनेछैन । अबको दश वर्षपछि यो सँसार आज हामीले देखेको, भोगेको र सोचेको जस्तो पक्कै हुनेछैन । तर, के हाम्रो देशका शासकहरुसँग अबको दश वर्षपछिको विश्वको परिवर्तनको पुर्वाभास छ त ? छैन, किनकी, ओली या प्रचण्डलाई बर्तमानकै राम्रो हेक्का छैन, भविश्यको के हून्थ्यो ? जनताका गास, बास र कपासको समस्या थाती राखेर कमरेडहरु राजा महेन्द्रले शिलान्यास गरेर बनाइसकेको बाटो फेरी शिलान्यास गर्दैछन् ।

कुसुम कुसुमकाे निजी बिचार हाे। उनले याे, बिचार सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस