एउटै दृष्टि, भिन्न कोण

विदेशमा दुख छः गाउँमै बसाैँ, देशमै दु:ख गराैँ

२०७५ चैत्र १० गते आइतवार
  • गंगाप्रसाद भट्टराई

प्रवासमा सुख छैन। हामीले सामाजिक सञ्जालमा पाेष्ट गर्ने तस्बिरहरु जस्तो हाम्रो जीवनशैली छदै छैन। तरपनि सबै जनाकाे मन लाेभ्याउने तस्बिर राखेकै हुन्छाैँ।

विदेशमा गएका साथीहरू राम्रा-राम्रा तस्वीर मात्रै नहालेर, त्यहाँ गर्नुपर्ने कष्ट र भोग्नु पर्ने पिडाहरुका तस्वीरहरु पनि सामाजिक सञ्जालमा राख्नु होला, किन- कि तपाईंका ती सुन्दर तस्वीरहरु देखेर युवाहरूलाई गाउँमा बस्ने मननै नलाग्ने भयो!

युवा जति विदेशीदै छन्। सुन्दर गाउँ बस्तीहरु युवाबिहिन हुँदै छन्। देश नै युवाबिहिन हुँदै छ। यदि यस्तै निरन्तर रह्यो भने तपाईंहरुले कष्ट गर्दै आउनु भएको देश त पक्कै पनि बनेकै छन् र बन्ने पनि छ। तर हाम्रो देश बन्ने सम्भावना कमै देखिन्छ। अब हामी अाफ्नै मुलुक बनाउने प्रयास गराैँ। विदेश माेह त्यागाैँ।

सम्पादित अंश भट्टराईले सामाजिक सञ्जालमा लेखेको बिचार हाे। उनकाे निजी बिचार समेत हाे।

प्रतिक्रिया दिनुहोस