एउटै दृष्टि, भिन्न कोण

युवालाई सुझाव: तोड अरिंगालका गोलाहरु, फाल ती झोलाहरु

२०७५ चैत्र १० गते आइतवार
  • बिष्णु जाेशी

स्वतन्त्र चन्द्र-सूर्य फहराउ, फाल झोलाहरु।यहि पुस्तामा देश बनाऔं,आउ, फाल साला झोलाहरु।

जनताका रक्षक, बनेकाछन भक्षक, हेर आज।
सरकारी काम, मैमात्र पेटभरी खाम, भा छ।
घुस माग्छन सिधै रत्तिभर नामानि लाज
सुन तस्करी छ किलोमा, के गन्नू नेतिनी का गहना तोलाहरु?
यहि पुस्तामा देश बनाऔं ,आउ , फाल साला झोलाहरु।

लाेकतन्त्र सयौं थूंगाबाट साँच्नु थियो माधुरी
उठे बिखण्डनका तरबार, बढ़्यो भाई – भाई बिच दूरी
उजाड भयो उर्वर बारी, बिदेश उडे माहुरी।
पुतलीझैं संगै उडौ साझा बारीमा, तोड अरिंगालका गोलाहरु
यहि पुस्तामा देश बनाऔं, आउ, फाल साला झोलाहरु।

हाम्रा मात्रै हैन अब, राम्रा लाई छानौ।
जनहितमा जो काम गर्छ, उस्लाई नेता मानौ
नियत नसुध्रे, नितीलेमात्रै हुन्न भन्ने जानौ ।
खेर जान नदेउ, यूवाले बगाएको रगत-पसिनाका खोलाहरु
यहि पुस्तामा देश बनाऔं, आउ, फाल साला झोलाहरु।

प्रतिक्रिया दिनुहोस