एउटै दृष्टि, भिन्न कोण

विवेकशील साझा पार्टी: किन ?

२०७५ चैत्र १३ गते बुधवार
  • गंगाप्रसाद भट्टराई 

तस्बिर: विवेकशील साझा पार्टीको चुनाब चिन्ह ”तराजु” हाे।

हामी “आचरणगतरूपमा” फरक छौँ। हाम्रा नेताहरू बलियो नैतिक जगमा उभिएका स्वाभिमानी र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ। नेपाली राजनीति विग्रिनाको मूल कारण पार्टी नेतृत्वले आधारभूत मूल्यमान्यताहरू क्रमिकरूपमा गुमाउनाले हो। त्यसैले हामीले हाम्रो नेतृत्व र सम्पूर्ण पार्टी पंक्तिलाई सुसुंस्कृत राजनीतिक अभ्यासमा अडिक राख्न “पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता” का चार मुल्यमान्यतालाई हाम्रो खम्बा भनेका छौं। हामी सधैं ती चार खम्बाको जगमा उभिने छौं।

हामी “संगठनात्मकरूपमा” फरक छौं। हाम्रो पार्टीमा इमानदार नेतृत्व क्षमता देखाउने व्यक्तिलाई उच्च नेतृत्वमा पुग्न दशौं वर्ष लाग्दैन। उसले पार्टीमा संलग्न भएको केही वर्षभित्रमैं आफूलाई प्रमाणित गर्न सकेको खण्डमा उच्च नेतृत्वमा प्रतिश्पर्धा गर्न पाउने छ। त्यसैगरी विवेकशील साझा पार्टीले आफूले चुनेर पठाएको नेताले अपेक्षाअनुरूपको काम गर्न नसकेको खण्डमा दुई तिहाई मतदाता मिलेर उसलाई फिर्ता बोलाउन सक्छन्, जसलाई अंग्रेजीमा Right to Recall भनिन्छ। त्यस्तै, हामीले Right to Reject को प्रावधान पनि राखेका छौँ, जसले मतदातालाई “माथिका कुनै पनि उमेदवार योग्य छैनन्” भनेर मतदान गर्ने अधिकार प्रदान गर्दछ।

हामै “बैचारिकरूपमा” पनि फरक छौं। हामीले हाम्रो दर्शनलाई कल्याणकारी लोकतन्त्र भनेका छौं जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवास र सार्वजनिक यातायातजस्ता विषय मूलरूपमा राज्यको दायित्व हुन्छ। कल्याणकारी लोकतन्त्र नेपाली राजनीतिमा नयाँ दर्शन हो। हामीले सहभागितामूलक लोकतन्त्र, समावेशी, समतामूलक संवृद्धि भनेका छौं। हामीले अवलम्बन गरेका मूल्यमान्यता र विचार र हामीसँग भएको नेतृत्वले नेपाललाई एकै पुस्ताभित्र रूपान्तरण गर्न सक्छ भन्ने हाम्रो विश्वास हो।

भट्टराई विवेकशील साझा सद्भाव समूह भारतका सम्पर्क प्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस