एउटै दृष्टि, भिन्न कोण

नेपाली जनसम्पर्क समिति बलियो र कामकाजी संगठन हो ?

२०७५ चैत्र १७ गते आइतवार

मुम्बई । अछामका जिल्ला मेल्लेख गाउँपालिका नन्दागडा घर भई, अहिले मुम्बईमा बस्दै आएका टंक बहादुर बुढा रोजगारी संगै सामाजिक कार्यमा समेत सकृय हुन्छन् । उनी संगठनका भारत प्रवासमा निडर, ईमान्दार र मिलनसार युबा भएको उनका सहकर्मीहरु बताउछन् । नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत ऐरोली शाखा अध्यक्ष समेत भएका उनी, नेपाली संस्कृतिलाई बचाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको दाबी गर्छन् । टंक बहादुरले अहिले संयोजकको जिम्मेवारीलाई सम्हमलिरहेका छन् ।

उनी भन्छन् – ‘मलाई पार्टीले बिश्वासका साथ पश्चिम भारत क्षेत्रको महत्वपत्र्ण जिम्मेवारी दिएको छ, म यो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गर्छु ।’ नबी मुम्बईमा रहेका नेपाली युबाहरुलाई जनसम्पर्क समितिमा आबद्ध गराउने र नेपाली युबाहरुमा बढ्दो राजनीति प्रभाव बनाउन आफू लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस