एउटै दृष्टि, भिन्न कोण

त्यो लिवाङ, यो लिवाङ : राजाराम गौतम

२०७५ चैत्र १७ गते आइतवार
  • राजाराम गौतम

रोल्पाको सदरमुकाम लिवाङ ओर्लिँदा झमक्क साँझ परिसकेको छ। बजारको चहलपहल केही पातलो हुँदैछ। यद्यपि मानिसहरू निस्फिक्री यता–उता गरिरहेका छन्, आ–आफ्नै धुुनमा।

१९ वर्षअघि २०५७ बैशाखको तेस्रो साता लिवाङ झर्दा विलकुल फरक परिवेश थियो। लिवाङ अहिले जस्तो निश्चिन्त थिएन। भयग्रस्त मनोविज्ञान यत्रतत्र अनुुभूूत हुन्थ्यो त्यतिबेला। सबै नजर एका–अर्काप्रति सशंकित देखिन्थे। अझ बाहिरिया र अपरिचित व्यक्ति त लिवाङ टेक्नासाथ एकैपटक प्रशासन र लिवाङीको नजरमा परिहाल्थ्यो।

प्रकाशनको तयारीमा रहेको कान्तिपुर पव्लिकेसन्सको ‘नेपाल पाक्षिक’का लागि रिपोर्टिङ गर्न म र सहकर्मी नरेन्द्र श्रेष्ठ (फोटो पत्रकार) पहिलो चोटी लिवाङ झरेका थियौं। भालुुवाङबाट एउटा मालबाहक ट्रकमा कोचिएर झण्डै १२ घण्टाको यात्रापछि लिवाङ पुुग्दा हामी पनि प्रशासनको नजरमा परिहाल्यौं।

राजाराम गौतम

‘माओवादी जनयुद्ध’ को पारो बढ्दै जाँदा रोल्पा काठमाडौंका लागि एउटा रहस्यमय जिल्ला बन्दै थियो। माओवादीले आफ्ना गतिविधि मध्यपश्चिमका जिल्लामा बढी केन्द्रित गरेको थियो। त्यसमध्ये पनि रोल्पा उनीहरूको मुख्य ‘आधार इलाका’ भएको विश्वास गरिन्थ्यो। केन्द्रमा बसेर पत्रकारिता गरिरहेका हामी जस्ता रिपोर्टरका लागि माओवादीको ‘राजधानी’ मा पुुगेर समाचार ल्याउन सक्नुलाई ठूलै ‘एडभेन्चर’ का  रूपमा लिइन्थ्यो।

‘एडभेन्चर जर्नालिज्म’ को स्वाद चाख्न म र नरेन्द्र पनि लिवाङ पुुगेका थियौं। रिपोर्टर/फोटो पत्रकारका लागि त्यो बखतसम्म लिवाङ ‘भर्जिन ल्याण्ड’ नै थियो। एकाध पत्रकारहरू मात्रै राजधानीबाट लिवाङ पुुग्थे। यस्तो पृष्ठभूमिमा लिवाङ पुग्दा ‘एक्साइटेड’ नहुने कुरै भएन। हामी फोटो खिच्नतिर लाग्यौं। नरेन्द्र क्यामराका लेन्सहरू यता–उता तेस्र्याउँदै थियो, प्रहरीका बन्दुक हामीतिर तेर्सिए। पत्रकारको परिचय पत्र देखाउँदै हामीले रिपोर्टिङका लागि आएको बतायौं।

– बाँकी पनि पढे भै गो नि हजुर !

प्रतिक्रिया दिनुहोस