एउटै दृष्टि, भिन्न कोण

थलारी बने शिवसेना पार्टी मुम्बईको शाखा प्रमुख

२०७५ चैत्र १८ गते सोमवार

मुम्बई । नेपाली मुलका राजेन्द्र सिंह थलारी शिवसेना पार्टीको शाखा प्रमुखमा नियुक्त भएका छन् । शिवसेना पार्टीले उनलाई मीरा भायन्दर विधानसभा विभाग वडा क्रमांक १९ शाखाको प्रमुखमा नियुक्त गरेको हो । शिवसेना प्रमुख उद्धव ठाकरेको निर्देशन र स्थानीय कमिटीको प्रस्ताब बमोजिम थलारीलाई शाखा प्रमुखमा नियुक्त गरिएको ब्यहोरा मुम्बईबाट प्रकाशित हुने, मराठी पत्रिका सामना दैनिकले लेखेको छ ।

अछाम जिल्ला बुढाकोट ४ मा जन्मिएका राजेन्द्र सिंह थलारी हाल शितल फोरम विल्डीङ शितलनगर मीरारोड पूर्वमा बस्दै आएका छन् । हाल उनी मिलनचोक चौराह धनगढीका स्थाई निवासी हुन् । थलारी प्रवासमा रोजगारी संगै शिवसेनाको राजनीतिमा समेत सकृय थिए । शाखा प्रमुख नियक्त भएपछि थलारीले प्रवासी नेपालीहरुले भोग्दै आएका अनेकन समस्याहरुको शिवसेना पार्टीको माध्यमबाट समाधान खोज्ने बताए । राजेन्द्र सिंह थलारी नेपाली समाज कल्याण संघका पूर्बअध्यक्ष हुन् भने बर्तमानमा उनी सो संघका प्रमुख सल्लाहकार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस