एउटै दृष्टि, भिन्न कोण

डिभोर्सको तयारीमा प्रियंका-निक

२०७५ चैत्र १८ गते सोमवार

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस डिभोर्सको तयारीमा छन् ।

३ महिनाअघि मात्र बिहे गरेका उनीहरु डिभोर्सको तयारीमा रहेको अमेरिकी ओके नामक म्यागजिनले समाचार प्रकाशन गरेको छ । ‘उनीहरुबीच छोटो समयमै एक–अर्काप्रति वितृष्णा उत्पन्न भएको छ र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेका छन्,’ म्यागजिनमा लेखिएको छ ।

निक १० वर्षले प्रियंकाभन्दा कान्छा छन् । यद्यपि प्रियंकाको व्यवहार भने केटाकेटीको जस्तो भएको समाचारमा उल्लेख छ । ‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन्,’ स्रोतलाई उद्वृत गर्दै समाचारमा दाबी गरिएको छ ।

निकको परिवारले पनि सकेसम्म चाँडो प्रियंकासित सम्बन्ध तोड्न दबाब दिइरहेको म्यागजिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस