एउटै दृष्टि, भिन्न कोण

सन्दीपको उत्कृष्ट प्रदर्शन, पन्जाबविरुद्ध लिए २ विकेट

२०७५ चैत्र १८ गते सोमवार

इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा किङ्स-११ पन्जाबविरुद्ध नेपालका लेगस्पिनर सन्दीप लामिछानले दुइ विकेट लिएका छन् । आफनो पहिलो ओभरमा नै एक विकेट लिएका सन्दीपले चौंथो ओभरको पाँचौं बलमा दोस्रो विकेट लिए ।

पन्जाबको घरेलु मैदानमा दिल्ली क्याटिल्सबाट दोस्रो खेल खेलेमा सन्दीपले पूरै ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए । पहिलो ओभरको पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बल डट फाले । तेस्रो बलमा २ तथा चौथो बलमा छक्काको शिकार भएका उनले पाँचौं बलमा ओपनर सम कुरनलाई २० रनमा पभेलियन फर्काएका थिए ।

दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीप तेस्रो ओभरमा केही मंहगो भए । उनले १२ रन खर्चिए । चौथो ओभरमा ४ रन खर्चिदै लामिछाने दोस्रो विकेट लिन सफल भए । पन्जाबका सफराज खान ३९ रनमा सन्दीपको बलमा क्याच भए ।

प्रतिक्रिया दिनुहोस