एउटै दृष्टि, भिन्न कोण

भिनाजुसँगको यौनसम्बन्ध लुकाउन पतिको हत्या !

२०७५ चैत्र १९ गते मङ्गलवार

बुटवलमा भएको फिरोज खानको हत्यामा श्रीमतीकै संलग्नता खुलेको छ।यही चैत्र १३ गते बेलुका बुटवल अटोभिलेजस्थित ग्यारेजमा काम गर्ने फिरोजखानको हत्या भएको थियो।

हत्यामा फिरोजकी श्रीमती साइना खातुन र साइनाका भिनाजु कादिर अन्सारीको संलग्नता रहेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार फिरोजलाई कादिरले नै गोली प्रहार गरेका हुन्। घट्नापछि साइनालाई पक्राउ गरी अनुसन्धान थालीएको छ।

कादीर भने फरार छन्। भिनाजुसँग पहिलेदेखी नै अबैध सम्बन्ध रहेको र त्यसैका कारण हत्या भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए।  भारत विहारको बेतीया बस्ने साइनाका भिनाजु कादीर घट्ना हुने दिन बुटवल आएर सोही दिन फर्केको प्रहरी अनुसन्धानबाट देखिएको छ।

‘दिउसो ३ बजे नवलपरासीको त्रिवेणी नाका हुँदै नेपाल प्रवेश गरेको र सोही रात १०–११ बजे नाकाबाट बाहिरिएको देखीएको छ ।’ एसपी थापाले भने ‘युपी लेखेको मोटरसाइकिलबाट उनी आएका थिए।’

घट्नापछि फिरोजकी श्रीमती साइनामा पीडा नदेखीएको तथा आमा र बच्चाहरुको बयान पनि बाझिएको उनले बताए।

‘साइनाले घट्ना भएको बेलामा मभित्र बच्चाहरुसँग थिएँ भन्‍ने, तर बच्चाहरुले आमा बाहिर हुनुहन्थ्यो, बुबा गोली लागेर ढले, अनि आमाले चुक्कल खोलेर बाहिर निकाल्यो भने।’– एसपी थापाले भने ‘यो कुरा बाझियो, त्यसपछि हामीलाई शंका बढ्दै गयो।’

प्रहरीले साइना खातुनसँग मोबाइल फोन माग्यो।उनले मोबाइलको कल रेकर्ड डिलीट गरेकी थिइन्।डिलिट गरेको कल रेकर्ड निकाल्दा कादिरको फोन कुराकानी भन्ने खुलेको एसपी हृदय थापाले बताए।

‘त्यसबाट पनि डिटेल निकाल्दा सालीभेनाको लगातार सम्बन्ध हुने गरेको देखियो’ उनले भने।कादिर खान भारतमा विभिन्‍न चोरी लगायतको घट्नामा पनि सजाय पाएको खुल्न आएको प्रहरीको भनाइ छ।

साइनाकी दिदी तथा कादिरकी श्रीमतीको मृत्यु भएको मृत्युपछि सालीभिनाजुबीच सम्बन्ध बढेको थियो।यी दुइजना विवाह गर्न चाहन्थे।त्यसकै लागि फिरोजको हत्या भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस