एउटै दृष्टि, भिन्न कोण

सद्भाव समूह अमेरिकाले चुन्यो समितिको संयोजक

२०७५ चैत्र २० गते बुधवार

विवेकशील साझा सद्भाव समूह अमेरिकाले डा. ज्ञानेन्द्र बोहराको संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरेको छ। त्रिभुवन विष्वविद्यालय केन्द्रीय क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तरपछि अमेरिका प्रवेश गरेका तनहुँ स्थायी घर भएका डा. बोहरा अमेरिकास्थित ‘युनिभर्सिटी अफ नर्थ टेक्सास’बाट ‘मानव मुटु र मष्तिष्कको डाईनामिक्स’को अनुसन्धानमा बिद्यावारिधी प्राप्त ब्यक्ति हुन्, उनको अनुसन्धानलाई अमेरिकी सेनाले समेत उच्च महत्व दिदै आफ्नो जर्नलमा प्रकाशित गरेको थियो।

हाल डा. बोहरा टेक्सासमा रहेको अमेरिकाकै प्रतिष्ठित मेडिकल बिष्वबिद्यालय मध्येको एक ‘युटी साउथ वेस्टर्न मेडिकल स्कूल डालास’मा मेडिकल आर्टिफ़िसियल इण्टेलिजेन्स एण्ड अटोमेशन रिसर्चरको रुपमा कार्यरत छन्। संयोजन समितिका अन्य सदस्यहरुमा डा.मनोज कार्की, डा. मेदनी प्रसाद संग्रौला, डा. श्याम चौरसिया, डा. सुदर्शन अर्याल, बाली बिज्ञानमा बिद्यावारिधी गर्दै गरेका अर्जुन सुवेदी, रसायनशास्त्रमा बिद्यावारिधी गर्दै गरेका बिष्णु प्रसाद जोशी, जुनुपा अधिकारी, दक्षिणा दाहाल, मुकुन्द कोईराला, टेक खड्का,प्रकाश देवकोटा र बालकृष्ण मैनाली रहेका छन्।

त्यसैगरी समन्वय समितिले सल्लाहकारहरुमा डा. राजेन्द्र पंगेनी र लेखक सरगम भट्टराई र खगेन्द्र थापालाई चयन गरेको प्राप्त समाचारमा उल्लेख छ। सिकागो, डालस, लस एन्जेल्स र वाशिंगटन डि.सी.मा सद्भाव समूहका ईकाईहरु पहिल्यै बनिसकेको र बिष्वका थप देश तथा शहरहरुमा सद्भाव समूहहरुको बिस्तार भईरहेको अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजक डा. राजेन्द्र पंगेनीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस