एउटै दृष्टि, भिन्न कोण

पाँच वर्ष भित्र भोकमरी अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

२०७५ चैत्र २० गते बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई चेतावनी दिएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले मुलुक समृद्धिको अभियानमा केन्द्रीत भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रीत हुन आह्वान गरे । मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको भन्दै उनले पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य हुने गरी सरकारले काम गर्ने बताए । साथै, त्यसको लागि आवश्यक योजनाको सुझाव दिन सबैलाई आग्रह गरे ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाएर त्यसलाई समृद्ध बनाई मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन प्रधानमन्त्रीले सबैलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस