एउटै दृष्टि, भिन्न कोण

हार्भडको कक्षामा के पढ्दैछन् गगन थापा ?

२०७५ चैत्र २१ गते बिहिवार

गगन थापाको एउटा थ्योरी छ, आइ नो, आइ डन्ट नो। त्यही थ्योरीले केही नयाँ विषय जान्न र अध्ययन गर्न उनमा हुट्हुटी जगाइरहन्छ। थापालाई त्यही हुट्हुटीले अहिले अमेरिकास्थित विश्व विख्यात् हार्भड विश्वविद्यालय ल्याइपुर्याएको छ।

देशका युवा नेता गगन थापाको सोच र राजनीतिक विचार अभिव्यक्तिसँग परिचित सबैलाई अहिले चासोको विषय छ, हार्भडको अध्ययनले उनलाई के दियो?

हार्भड स्वायरको चर्चित पुस्तक पसल हार्भड कुपको तेस्रो तल्लामा गगन थापाले हामीसँग भने, ‘एक लाइनमा भन्नुपर्दा केही कुरा दियोभन्दा पनि यसले त झन् ज्ञानको भोक पो बढायो।’

यो पटकको अध्ययनले उनलाई ज्ञानको सागरमै पुगेको अनुभूति दिलाएको रहेछ। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा डिग्री हासिल गरेका थापा अहिले हार्भड विश्वविद्यालयको ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी फर द ट्वेन्टी फस्ट सेन्चुरी’ कोर्स गर्दैछन्।

प्रतिक्रिया दिनुहोस