एउटै दृष्टि, भिन्न कोण

कतारमा नेपालले खानेपानी निर्यात गर्ने !

२०७५ चैत्र २१ गते बिहिवार

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ।

उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्। उनले नेपालको पानी त्यसै खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिएकी हुन्।

मन्त्री मगरले भनिन्, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ। कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो। म एकदम उत्साहित छु।’

प्रतिक्रिया दिनुहोस