एउटै दृष्टि, भिन्न कोण

विप्लवभन्दा अरब ठीक

२०७५ चैत्र २१ गते बिहिवार
  • साेमत घिमिरे

रुकुम जनयुद्धको इपिसेन्टर । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका आफैंमा इपिसेन्टर । बाँफिकोट गाउँपालिकास्थित रविगाउँ इपिसेन्टरको पनि इपिसेन्टर । तात्तकालीन माओवादी शसस्त्र युद्धताका रविगाउँका १६ जनाले सहादत प्राप्त गरे ।

उनीहरूको सम्झनामा रविगाउँकै सिरानमा शहीद स्मारक बनाइएको छ । सानो जग्गामा छ । तैपनि स्मारक लथालिंग छ, काम पूरै भएको छैन । मानौं, बनाउनै नपर्ने कुरा बनाएजस्तो गरी ।

म त्यही स्मारकअघि उभिएको छु । स्मारक हेर्दा लाग्छ, जनयुद्ध अब विगतको एउटा कथा हो । शहीदलाई सम्झने फुर्सद सत्ताको लडाइँमा अब कसैलाई छैन किनभने शहीदको त्यत्रो वीरता र गाथालाई स्मरण गर्न बनाइएको स्मारक आफैंमा उराठलाग्दो छ ।

जनयुद्धकै नेतृत्वकर्ताहरूको हातमा पटक–पटक सरकार आएकै हो तर शहीद स्मारकले कहिल्यै प्राथमिकता पाएन । मलाई स्मारक हेर्दा शहीदको बलिदान नै अर्थहीन भएको भान हुन्छ । तैपनि त्यही जनयुद्धको जगबाट मुलुकले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको जग बसाल्यो । Read More opinion

प्रतिक्रिया दिनुहोस