एउटै दृष्टि, भिन्न कोण

विवेकशील साझा कर्णालीले विभागहरुलाई पूर्णता दिंदै

२०७५ चैत्र २२ गते शुक्रवार

सुर्खेत । विवेकशील साझा कर्णाली प्रदेशले प्रथम प्रदेश भेला सम्पन्न गरेको छ। पार्टीको आन्तरिक संरचनाका विभागहरुलाई पूर्णता दिंदै शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला सम्पन्न भएको हो।

भेलाले संगठन विस्तार अभियानलाई तिव्रताका साथ अगाडि बढाउने निर्णय गर्नुका साथै सातैवटा विभाग अनि युवा र महिला संगठनको प्रदेश संरचनालाई  प्रमुखहरु मनोनयन गरेर पुर्णता दिएको छ। जसमा जनकराज रानालाई संगठन विभाग, डा. गोबिन्द आचार्यलाई नीति तथा प्रशिक्षण विभाग, पदम खनाललाई अभियान विभाग, शुसिल देवकोटालाई रोजगार तथा उद्यमशीलता विभाग, प्रमोद बारघरेलाई सामाजिक न्याय तथा समावेशिता विभाग, निर्मल केसीलाई बिदेश विभाग र सूर्यदीप रेग्मी (दीपक) लाई सञ्चार विभागको जिम्मेवारी दिईएको छ। भेलाले प्रदेश युवा संगठन प्रमुखमा केशव बहादुर थापा र प्रदेश महिला संगठन प्रमुखमा हिर्मा रानालाई पनि सर्वसम्मत चयन गरेको छ।

भेलालाई संवोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले सुसंस्कृत राजनीतिको जग बसाल्न कर्णालीमा जुझारु टिम तयार भएको र यस्ले एउटै पुस्तामा कर्णाली रुपान्तरण गर्ने संकल्प पुरा हुने विश्वास व्यक्त गरे। दाहालले पार्टी निर्माणमा संगठन विस्तारको महत्वपूर्ण भुमिका हुने भन्दै अब कर्णाली प्रदेशका १० ओटै जिल्लामा संगठन विस्तार अभियानले तिव्रता लिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस