एउटै दृष्टि, भिन्न कोण

मुम्बईको पनबेलमा चोरी गर्ने : यी युवा फरार

२०७५ चैत्र २३ गते शनिवार
  • टंक बहादुर बुढा

मुम्बई, २४ चैत । नवीमुम्बईको पनवेलमा चोरी गरेर, तीन जना नेपाली युवाहरु फरार भएका छन् । दैलेख जिल्ला आठबीस नगरपालिका र अछाम जिल्ला लयाटी घर भई हाल नवी मुम्बईको पनवेलमा नोकरी गर्दै आएका दैलेखका कमल शाही, बिर्ख बहादुर शाही र ईन्द्र बहादुर शाहीले घरमा चोरी गरेर फरार रहेका छन । उनीहरु फरार भएपछि अहिले निर्दोष सर्बसाधारणहरुले प्रहरी चौकीमा कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

नवीमुम्बईको पनवेल क्राईम शाखामाका अनुसार चार जना निर्दोष नेपाली युवाहरुलाई आफ्नो हिरासतमा र बाँकी युवाहरुलाई प्रहरी चौकीको नियन्त्रणमा राखेको नेपाल जनसम्पर्क समिति पश्चिम भारतका पुर्वक्षेत्रिय उपाध्यक्ष मोहन बडुवालले नेपाल न्यूजलाई जानकारी दिए । सहत्तरी लाख सहित तीन किलो सुन चोरी गरेको पिडितले बताएको बडुवालले बताए । फरार रहेका अभियुक्तहरु सम्पर्कमा नआए सम्म प्रहरी चौकीका युवाहरुले दुःख पाउने भएपछि, फरार अभियुक्तहरुलाई तत्काल खोजी गर्न उनले सबैमा आग्रह गरे । फरार रहेका युवाहरु प्रहरी सामु नल्याए सम्म हिरासतका ब्यक्तिलाई नछाड्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस