एउटै दृष्टि, भिन्न कोण

भुल एकता समाजको कार्यक्रममा : रमाए प्रवासी नेपाली

२०७५ चैत्र २४ गते आइतवार

मुम्बई, २४ चैत । भुल एकता समाज भारतले, ठाणेमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम आईतबार सम्पन्न भएको छ । शिक्षाबाट बन्चित बालबालिकाहरुको शिक्षा सदन निर्माणमा सहयोग गर्ने उदेश्यले, आयोजना गरिएको सयोगार्थ सांस्कृतिक कार्यक्रम विभिन्न मनोरन्जनात्मक प्रस्तुति गरेर सम्पन्न भएको हो । सांस्कृतिक कार्यक्रममा रमाउन मुम्बईमा बस्ने प्रवासी नेपालीहरुको सहभागी पुगेका थिए ।

प्रवासमा बस्ने नेपालीहरुको सानो सहयोगबाट भएपनि, दुर्गम क्षेत्रको शिक्षाका लागि महत्त्वपूर्ण सहयोग हुने आसयले, यो कार्यक्रम गरेको भुल एकता समाजका महासचिव  हस्त भुलले जानकारी दिए । आजको आबश्यकता सामाजिक विकासका लागि, पारिवारिक एकता भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजन गरेको हो । कार्यक्रममा कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रम मात्रै होईन मोहन्याल गाउँपालिका ७ कचालमा वाल शिक्षा सदन निर्माण गर्नका लागि, बिभिन्न ब्यक्तिहरुले भुल एकता समाज भारतलाई आर्थिक सहयोग समेत गरे ।  भूल एकता समाज मुम्बईका सबै एरिया समिति तथा केन्द्रीय समितिका प्रतिनिधि, समाजसेवीहरुको कठोर मेहनतबाट सभ्य र भव्यताका सम्पन्न भएकाे अायाेजकले बतायाे । उक्त कार्यक्रमको सहजिकरण भुल एकता समाजका मार्गदर्शक पदम भुल र शान्ति पराजुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस