एउटै दृष्टि, भिन्न कोण

के महिलाहरु सुन्दर हुन मेकअप गर्नैपर्ने हो ??

२०७५ चैत्र २४ गते आइतवार
  • कुसुम कुसुम

‘महिलाको शौन्दर्य मेकअपमा अडेको हून्छ, मेकअप बिना महिला सुन्दर हुँदैनन्’ भन्ने सोच विलकुल घटिया सोच हो । मिस नेपाल प्रतियोगीताकी जजले प्रतिश्पर्धाी महर्जनलाई मेकअप नगरेकोमा हपार्नु भनेको ‘महिलाहरु सुन्दर देखिन मेकअप गर्नुपर्छ, मेअकप विना उनीहरु कुरुप हुन्छन्, मेकअपबाट सुन्दरी देखिनुबाहेक नारी शौन्दर्यको अरु आयाम छैनन्, त्यसैले उनीहरु पुरुष सामु सुन्दर देखिन मेकअप गरेर चिरिच्याट्ट पर्नुपर्छ’ भन्ने ब्युटी मिथको सोचकै उपज हो ।

उपभोक्ताबादी विश्व बजारले नारीलाई पनि ‘सुन्दर वस्तु’कै रुपमा व्यवहार गर्छ । एउटी चेलीको शरीरलाई चार पाँचजना जजले यसरी हेरीरहेका थिए, मानौं उनीहरु विवाहका लागि केटी हेर्न आएका केटा पक्षका आफन्त हुन् । आखिर यही संस्कृति भोली गएर विवाहमा केटी हेर्ने मामिलामा साँस्कृतिक, सामाजिक र मानसीक रुपमै स्वीकृत सँस्कार भइदिन्छ ।

केटीको नाक चुच्चोरहेछ, केटीको आँखा अली कुइरो रहेछ, केटीको निधारमा खत रहेछ, केटी अली होची रहीछ, केटी काली रहीछ आदि यस्तै यस्तै फत्तुर लगाएर एउटा केटाले दर्जनौं केटी हेरेपछि मात्र विवाह गर्छ, बजारमा कुर्ता सुरुवाल किनेझैं । यो ब्युटी मिथ तोडने भनेको नारी आफैले हो, तर जज भनाउँदी नारीमै त्यस्तो सोच रहेछ, अनि कसरी बदलीन्छ समाज ?

प्रतिक्रिया दिनुहोस