एउटै दृष्टि, भिन्न कोण

प्रवासी बेतकोटको बैठक सम्पन्न

२०७५ चैत्र २५ गते सोमवार

मुम्बई । प्रवासी बेतकोट सहकारी संस्थाको तेस्रो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलकसिङ बोहराको अध्यक्षता तथा बैँठकको प्रमुख अतिथि प्रेमराज भण्डारीको रहेका थिए । संस्थाको अन्य अतिथिहरुमा मीन बहादुर धामी, पदम बोहरा, महोन ठकुला लगायत रहेका थिए भने शंकर खड्का, कृष्ण लुहार, गणेश दास, करन बोहरा ,प्रेम वड, टेकबाहादुर खाती, राम खाती, जनक खाती, तपेन्द्र बिष्ट, झन्कार भण्डारी, भोजराज जोशी, बम खड्का, लगायकको सहभागिता रहेको सहकारी संस्थाका प्रतिनिधिहरुले जानकारी दिए । सचिव डम्बर बुढाको सञ्चालनमा भएको बैँठकको टंकप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

संस्थाले ३२ जना सहकारी संस्थाका सेअर सदस्य बनाएको छ । संस्थामा भएको अर्थिक रकमको लगानी गर्ने कार्यक्रम तय गरे । बैँठकमा बोल्ने अधिकाम्स बक्ताहरुले सहकारी संस्थालाई तन, मन र धन दिएर स्थापित गराउन आफू तयार भएको बचन दिएका छन् । प्रमुख अतिथि प्रेमराज भण्डारीले प्रवासी नेपालीहरुलाई एकताबद्ध भएर सामुहिक लगानी गर्न अनुरोध गरेका थिए । सबै मिलेमा समाज र स्वायम् मानिसको पनि आर्थिक अबस्थामा सुधार आउने उनको तर्क थियो

प्रतिक्रिया दिनुहोस