एउटै दृष्टि, भिन्न कोण

सद्भाव समुह महाराष्ट्र घोषण गर्ने तयारीको तिब्रता

२०७५ चैत्र २६ गते मङ्गलवार

मुम्बई परम्परागत राजनीतिकबाट आतिज बनेका युवाहरु, सुसंस्कृत सहितको राजनीतिक धार खोज्न थालेपछि रबीन्द्र मिश्रको नेतृत्वमा विवेशिल साझा पार्टी बनेको विवेकशिल साझा सद्भाव समुह भारत प्रवास महाराष्ट्रका सम्पर्क प्रमुख गंगाप्रसाद भट्टराईले जानकारी दिनुभयो । सोहि पार्टीले बिभिन्न देशहरुमा प्रवासी नेपालीहरुका लागि सद्भाव समुह गठन गर्ने र युवाहरुमा राजनीति प्रति फैलिएको बितृष्णको अन्त्य गर्दै, सुंसस्कृत राजनीति र पार्टीको राजनीतिक बिचार, समाज परिवर्तका सुचकहरु विस्तार गरिरहेको छ ।

पछिल्लो समयमा विवेकशिल साझा प्रवासमा समेत युवा पुस्ताको आशाको केन्द्र भन्दै गएको विवेकशिल साझा सद्भाव समुह भारतका प्रबक्ताले जनाउनुभयो । मुम्बईमा रोजगारी गर्ने सिलसिलामा आउनुभएका युवा जमात दिनानुदिन सद्भाव समुहमा जोडिने क्रम जारी रहेको उहाँले बताउनुभयो । भारत प्रवासका बिभिन्न राज्यहरुमा, राज्य समिति घोषणका लागि सद्भाव समुहले गृहकार्य समेत सुरु गरिरहेको छ । सम्पर्क प्रमुख भट्टराइका अनुसारः अहिले महाराष्ट्र राज्यमा, राज्य समिति घोषणका लागि भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । महाराष्ट्र मुम्बईका सम्पर्क ब्यक्तिहरुले बिभिन्न चरणका भेटघाट तथा सुझाब संकल्नका कार्य गरिरहेका छन् । पुराना राजनीतिक दलहरुबाट देशको प्रगति, समाजको समृद्धि नहुने देखेपछि, विवेकशिल साझा निकट रहेको गोपाल बिष्टले बताउनुभयो । प्रवासी कार्यक्रताको स्वदेशमा सम्मान, कामको मुल्यांकन नहुने अवस्थामा, विवेकशील साझा पार्टीले प्रवासमा कर्मथलो बनाएकाहरुमा मेरो देश नेपाल हो र म नेपाली हु भन्ने लोकप्रिय कार्यक्रमबाट युवाहरुले विवेकशिल साझाको गन्तब्य तय गरेका छन् ।

देशभक्त प्रवासीहरुलाई भविस्यमा स्वदेशमै ज्ञान र क्षमता अनुसारको मुल्यांकन सहित जिम्मेवारी पाउने सम्भावना अत्यधिक भएकोले, प्रवासबाटै विवेकशील साझा तिर लागेको युवाहरुको तर्क छ । समाजमा परिवर्तनशिल नयाँ पुस्ता, नयाँ भाबना, नयाँ शिद्धान्त र नयाँ परिकल्पना बिना हाम्रो देशमा कहिलै रुपान्तरण नहुने उनीहरुले बताए । देशमा भएका चरणबद्ध आन्दोलनले अधिकारका कुराहरु त संस्थागत भए, तर राष्ट्रको समृद्धिका बारेमा पुराना पार्टी र नेताहरुको कुनै भिजन नभएको प्रवासी नेताहरुले बताउनुभयो ।

देशको समृद्धि बनाउने जिम्मेवारी विवेकशील साझाको काधमा भएकोले प्रवासबाट विवेकशील साझा तिर युवाहरू नजिकिदैन छन, युवा पुस्तामा राजनीति प्रति निराशा छाईरहेको अवस्थामा, विवेकशिल साझा पार्टीले बैचारिकता र सुसंस्कृति, समृद्धि सहितको राजनीतिक धार बनाएपछि, केहि नयाँ आशा पलाएको उनीहरुले बताए । महाराष्ट्र राज्यको सद्भाव समुह घोषण कार्यक्रम गर्ने कार्यक्रम नजिकिए संगै मुम्बईका युवाहरुले पनि सम्पर्क बढाईरहेका छन् । विवेकशिल साझा पार्टीको राजनीतिक विचार संग सहमति राख्ने प्रवासी युवाहरुलाई महाराष्ट्र मुम्वई राज्यमा जोडिन समेत महाराष्ट्र सम्पर्क प्रमुख भट्टराईले अपिल गर्नुभएको छ । अबको राजनीति कसैको के गर्यो र किन गरेन भनेर विरोध गर्नु भन्दा, हामीले के गर्ने र कसरी समृद्धि देश बनाउने भन्नेमा हाम्रो पार्टीले आन्तरिक गृहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस