एउटै दृष्टि, भिन्न कोण

उखान टुक्काले देश बन्दैन : देउवा

२०७५ चैत्र २७ गते बुधवार

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उखान टुक्काले देश नबन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले देश उखान टुक्काले मात्र नबन्ने बताएका हुन् ।

कांग्रेस काभ्रेको क्षेत्र नं. १ को पार्टी भवन शिलान्यास तथा कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत आमसभामा बुधबार पूर्व प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् । देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको देउवाले बताए । सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि उनले लगाएका छन् ।

‘सरकार नयाँ नयाँ विधेयक ल्याई प्रजातन्त्र र गणतन्त्रलाई कमजोर तुल्याउने काममा लागेको छ,’ उनले भने, ‘जनता, पत्रकारलगायत सबैको अधिकार खोस्न लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस