प्रचण्डले बुहारी मन्त्री, छोरी मेयर बनाए : युद्ध लड्नेले के पाए ?

मोहन ऐडी

उबेला धेरैलाई अनेकन बहाना बनाएर यीनै प्रचण्ड, बाबुराम र बिप्लपले घर न घाटको बनाए । धेरैको ज्यान पनि लिए । आज मोजमस्तिीमा रमाईरहेका छन् । बिचरा युद्ध लड्नेहरुको अबस्था बेजोक छ । सबै भन्दा धेरै याद यीनैको आउछ ।  प्रजातन्त्र नभई नहुने भनियो २०४६ सालमै राजसंस्था र प्रजातान्त्रिक भनिएका राजनितिक संस्था र दलका नेताहरु विच भद्र सहमती भयो । त्यो सहमती पछि २०४७ सालमा नयाँ संविधान पनि बनाईयो ।

Loading...

२०४६ सालमा भएको परिवर्तन पश्चात स्थापित संबैधानिक राजसस्था र बहुदलिय ब्यवस्थाका बिरुद्ध त्यही अबस्थामा माओवादिको नाममा बिद्रोह सुरु भयो । देशलाई एक दशक हिंसा र बिकासको गतिमा अबरोध गरियो । जनयुद्धको नाममा भएको, धनयुद्धले राज्यलाई अशान्तिको चक्रब्युहमा फसायो ।

राष्ट्र भित्र शान्ति भंग गर्ने र देशको बिकासलाई अबरुद्ध पार्ने हिंसा मच्चाउने तत्वहरुलाई दिल्लीले आफ्नै देशमा राखेर १२ बुदे दिल्ली सम्झौता गरायो । दिल्ली सम्झौताबाटै प्रष्ट भियो, कि यो आन्दोलन नेपाल र नेपालीका लागि नभई भारतका लागि हो भन्ने । प्रजातन्त्रको ठाउमा लोकतन्त्र आयो र ल्यायौ भन्दै नेपाली जनताका सामु सफेद झुट बोल्ने काम गरियो पनि यीनै चैतेहरुले गरे ।

सत्ता र शक्तिमा पुग्नका लागि जस्तो सुकैयुद्ध र अपराध गर्न पछि नपर्ने हरामखोर नेताहरुको हातमा भएको सत्ता राजाले खोसेका हुँनाले हिंसा र प्रती हिंसा मच्चाउने तत्वहरु मिलेर आउँदा लोकतन्त्र आएको मान्ने र पत्याउने हनमि नेपालीहरु नै अभागी भयौ । बिचार बिहिन बिदेशिका पैसा खाएर आफ्नै देश प्रती गद्धारी गर्ने र निमुखा नेपाली जनतालाई एकआपसमै लडाई गराउदै मार्ने र मराउनेहरुलाई काधमा बोकेर नाच्ने अभागी नेपालीहरुको विवेकमा लागेको बिर्को अझै खुलेको छैन । हामीले एक पटक शान्तिका लागि सोच्नै पर्छ ।

जय राष्ट्रबाद, जय स्वाभिमान

प्रतिक्रिया दिनुहोस