एउटै दृष्टि, भिन्न कोण

माधब नेपालः एकनाथ ढकाललाई सांसद बनाउदै

२०७५ चैत्र २८ गते बिहिवार

होटेल हायातमा होली वाईन खुवाएका एकनाथ ढकाल सांसद बन्ने दाउमा छन् । नेकपा नेता माधब नेपाल संग उनको सम्बन्ध नङर मासु झै छ । नेता नेपालले ढकालबाट धेरै लाभ समेत लिएका छन् । यसकारण पनि नेपालले नुनको सोझो गर्नैपर्ने हुन्छ ।

यसो त परिवार दलले आफ्नो दलको उपस्थिति छिट्टै संघीय संसदमा हुने दाबी गरेको छ । निर्वाचन भएर एक वर्षभन्दा लामो समय पार भइसक्दा उक्त दलका अध्यक्ष एकनाथ ढकालले पोखरामा यस्तो दाबी गरेका हुन् । परिवार दल तत्कालिन एमालेसंग ३ बुँदे सहमति गरेर निर्वाचनमा गएको र त्यतिबेलाको प्रतिवबद्धता अनुरुप आफ्नो दल संसदमा पुग्ने उनको जिकिर छ । परिवार अध्यक्ष ढकालले आफु अहिले पनि नेकपाको सूर्य चिन्हको उम्मेदवार नै रहेको सुनाए ।

नेपालमा पछिल्लो पटक अयोजना भएको एशिया प्यासिफिक समिटको विषयलाई लिएर अहिले पनि सरकारको आलोचना भइरहेको छ । सत्तारुढ दल नेकपाका केही नेताले यस विषयलाई लिएर प्रधानमन्त्री र नेतृत्वलाई आत्मआलिचत हुन माग समेत गरे । यत्रो आलोचना भएको समिट आफ्नै योजनामा सफल भएको र यसलाई नेपालको इतिहासमा एउटा महत्वपूर्ण घटनाक्रमका रुपमा रहेको परिवार दलका अध्यक्ष ढकालले जिकिर गरे । उक्त समिटको डिजाइनर आफू नै रहेको र सम्पूर्ण जस अवसरको भागिदार हाफू रहन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस