एउटै दृष्टि, भिन्न कोण

सोसाइटीले नयाँ बर्षको शुभकामना दियो

२०७५ चैत्र २८ गते बिहिवार

मुम्बई । नव सृजना सामुदायिक सोसाइटी ऐरोलीले आउदै गरेको नयाँ बर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रम तथा आफ्नो मासिक बैठक सम्पन्न गरेको छ । संस्थाका संस्थापक अध्यक्ष टंक बहादुर बुढाको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो ।

बैठममा सोसाइटीका संस्थापक अध्यक्ष टंक बहादुर बुढा, सचिव दल बहादुर बुढा, कोषाध्यक्ष टेक बहादुर बुढा, सदस्य रेवन्त साउद, रनीसिंह बुढा, रुप बहादुर बुढा, प्रकाश बुढा, लाल बहादुर महर ,गणेश प्रसाद भट्टराई लगायतले नयाँ बर्षको शुभकामनाका साथै सम्पूर्ण देश बिदेशमा रहनुभएका नेपाली आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति समृद्धी तथा सुस्वास्थ्य एवम् दिर्घायुको कामना ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस