एउटै दृष्टि, भिन्न कोण

बिष्णु पाैडेल : भु-माफिया, कि महासचिव ?

२०७५ चैत्र २९ गते शुक्रवार
  • वीरेन्द्र वली

राजधानीका विभिन्न भागमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भु-माफिया’को मिलेमतोमा अपचलन भएको प्रष्ट हुन्छ । याे प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पाैडेल पनि मुछिएका छन् । पाैडेलले जग्गा किनेको बताएपछि, थप प्रश्नहरु समेत उब्जिएका छन् । पुर्बअर्थ मन्त्री भैसकेका उनी, के भु-माफियाबाट ठगिएकै हुन् । अाफु ठगिएको बताएपछि, उनकाे यस्तो अभिब्यक्तिले नेपाली समाज हाँसिरहेकाे छ ।

प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको छ। यो बारेमा अनुसन्धान र आवस्यक कारवाहीको थालनी किन गर्दैनन् प्रधानमन्त्री । किन बाेल्दैनन् प्रचण्ड ।

पार्टीको महासचिव नै भु-माफिया बनेपछि, याे पार्टी कस्तो हाेला । पार्टी चलाउने कि, जग्गा माफिया संग साठगाठ गरेर अकुत सम्पति अार्जन गर्ने । यस्तो घृणित कार्यमा लागेका महासचिवलाई पार्टीले कस्तो कारबाही गर्ला । भु-माफियाहरुलाई संरक्षण किन गर्छ, नेकपा ? बिष्णु पाैडेललाई के सजाय हाेला ।

तस्बिर वीरेन्द्र वलीकाे हाे । वलीले उज्यालो टाईम्समा, समसामयिक बिषयमा कलम चलाउछन् ।

याे वलीकाे निजी बिचार हाे । उनी अहिले मलेसियामा छन् ।

प्रतिक्रिया दिनुहोस