एउटै दृष्टि, भिन्न कोण

विष्णु पौडेलले राजीनामा देलान् ?

२०७५ चैत्र ३० गते शनिवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल बालुवाटारमा रहेको जग्गा खरिदका कारण चर्चा र विवादमा छन् ।

उनले आफू सो प्रकरणमा नरहेको भन्दै बुधबार विज्ञप्ति नै जारी गरे । उनले आफूले बालुवाटारको जग्गा कानुनबमोजिम खरिद गरेको विज्ञप्तिमार्फत प्रस्ट्याएका छन् ।

पौडेलले किनेको जग्गा भने लामो समयदेखि विवादित देखिन्छ । तैपनि, पौडेल अहिले पानीमाथिको ओभानो बन्दै छन् । उनले २०६१ सालमा प्रतिआना ५० हजारका दरले किनेको भनिएको बालुवाटारको जग्गा २०६१ सालमा प्रतिआना ५० हजारमै पाइन्थ्यो ? पौडेलले यति सस्तोमा जग्गा कसरी किने ? यस्ता धेरै प्रश्न छन् ।

More 

प्रतिक्रिया दिनुहोस