एउटै दृष्टि, भिन्न कोण

युद्धताका लुकेकै घरहरुमा : बर्षमानको निर्देशनमा खानतलासी

२०७६ बैशाख ५ गते बिहिवार

वर्षमान पुन थबाङ पुगेको साँझ गाउँ आसपासका डाँडाहरुमा विप्लव नेकपाले राँके जुलुस र नाराबाजी गरेपछि प्रहरीले स्थानीयको घरमा खानतलासी गरेको थियो ।

स्थानीयका अनुसार विप्लवका कार्यकर्ता खोज्न गाउँ पसेको प्रहरीले स्थानीय महिला र बालबालिकालाई धम्क्याएको थियो । मन्त्रीको सुरक्षार्थ थबाङ पुगेको प्रहरीले स्थानीय  जयप्रकाश रोका र अमित घर्तीमगरको घरमा जबर्जस्ती छिरेको र धम्क्याएको स्थानीयले बताएका छन् ।

‘प्रहरीले माथिको आदेश छ, तिमीहरुलाई ठिक पार्छौं भनेर धम्क्याए,’ थबाङकी एक महिलाले भनिन्, ‘प्रहरीले घरका ढोका समेत फुटाइदिएका छन् ।’

मन्त्री पुनसँगै थबाङमा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, प्रहरी नायब उपरीक्षक दीपक खड्का लगायतका सुरक्षा अधिकारी समेत उपस्थित थिए ।

उक्त टोलीका साथ थबाङमा प्रदेश सासद दीपकेन्द्र कुमार पुन र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा समेत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस