एउटै दृष्टि, भिन्न कोण

पानी बेच्न, बिदेशी खोज्ने झुण्डिएर मरे हुन्छ !

२०७६ बैशाख ९ गते सोमवार
  • महाबिर पुन

बिन्ती छ प्रभु, यो काम राष्ट्रिय आविष्कार केन्द्र लाई दिईयोस । सारा नेपालीको भलो हुन्छ । नढाटीकन भन्नु पर्दा ८ महिना जति अगाढी मैले यिनी मन्त्री बहिनीलाई मन्त्रालयमा नै भेटेर नेपालको पानी बोतलमा प्याक गरी बिदेशमा बेचेर राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउन सकिन्छ र त्यसको लागी खानेपानी मन्त्रालयले सहयोग गर्नु पर्यो भनेको हो ।

निर्यात गर्ने स्तरको पानी उत्पादन गर्न टेक्निकल कुराहरुको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र रु १० करोड जति लगानी पनि गर्नेछ भनेर अनुरोध गरेको पनि हो । अनि अर्को कुरा के पनि भनेको भने नेपालीहरुले आफ्नो देशको पानी बोतलमा प्याक गरेर बेच्नको लागी पनि बिदेशी लगानीकर्ता खोज्ने हो भने हामी सबै झुण्डिएर मरे पनि हुन्छ भनेर भनेको पनि पक्कै हो। खोइ त अहिले सम्म पनि खानेपानी मन्त्रालयले बिदेशी लगानीकर्ता खोजेको जस्तो लाग्यो त ।

प्रतिक्रिया दिनुहोस