एउटै दृष्टि, भिन्न कोण

७० किलो गाँजा र जरायोको सिंगसहित दुई पक्राउ

२०७६ बैशाख १० गते मङ्गलवार

७० किलो गाँजा र साढे ३ फिट लम्वाई भएको जरायोको सिंगसहित पर्सामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका –१ बस्ने ३९ बर्षीय उमेश सहनी रहेको प्रहरीले जनाएको छ । घरमा गाँजा र अवैध जरायोको सिंग लुकाईछिपाई राखेको बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा उक्त परिमाणको अवैध लागूऔषध गाँजा र जरायोको सिंग फेला परेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

यस्तै भारतबाट नेपालतर्फ ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेका एकजना सिरहामा पक्राउ परेका छन् । जिल्लाको बरियारपट्टी गाउँपालिका ३ (समार टोल) मा चेकजाँच गर्ने क्रममा सिन्धुलीको दुधौली ८ बस्ने रमेश महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नोफिन ८० बोतल, डाइजेल्याब ७९ बोतल तथा फेनारगन ८० बोतलसमेत जम्मा ३३९ बोतल प्रतिबन्धित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस