एउटै दृष्टि, भिन्न कोण

कण्डम लिही जाया, जनचेतनाको संवाहक

२०७६ बैशाख ११ गते बुधवार

सुदुरपश्चिमका अधिकाम्स युवा जमातले मुम्बईलाई कर्मथलो बनाएका छन् । बर्षौ देखि नोकरी संगै राजनीति, समाजसेवा, कलाकारिता गर्नेहरु पनि यतै भेटिन्छन् । पछिल्लो चरणमा समाजलाई जागरुक बनाउनुपर्ने सुदुरपश्चिमेली युवाहरुको सामुहिक सोचाई छ । हरेक स्तरमा एकताको भाव देखियो भने आम मानिसको परम्पराबादी सोच र गलत काममा सचेत बनाउन सक्ने नवगायक तथा संगीतकार तर्कराज ढकालले बताए । नेपाली समाजको जीवन भोगाई र सामाजिक स्तरमा परिवर्तन सम्भब छ, भन्ने सनसाय बनाउछन् । उनको बिधा गीत, संगीत हो । संगीतको यात्रा फराकिलो छ । संगीतमा आम मानिस बाँचिरहेका छन् । यो जनजागरणका निम्ती भुईतह सम्म फैलिएको प्रकाबकारी माध्यम पनि हो ।

माया प्रेमका गीतहरुमा आजकाल दर्शक, श्रोता भारी हुन थालेका छन् । संगीतले मन भुलाउने, दिल दुखाउने मात्रै होइन, समाजको यर्थात चित्रण, समय र सन्दर्भको भाब बोल्नुपर्दछ ढकाल भन्छन् । तर्कको मनमा अनेकन कुराहरु खेलेपछि, चेतनामूलक देउडा गीत बनाउने निधो गरे । एचआईभी नसर्ने माध्यम कण्डम प्रयोगको बिषयलाई जोडे ङउनले भने । उनकै शब्द, संगीत र स्वरमा रहेको कण्डम लिही जाया देउडा गितले अहिले बजारमा राम्रै स्थान समेत पायो । गीतमा प्रदेश हिडेका, श्रीमानलाई कण्डम ल्याएर आउनु भन्ने श्रीमतीको सन्देश दिईएको छ ।
प्राणधातक रोग एचआईभीले समाज बिभाजित गरेको छ । धेरै युवा उमेरका पुरुष तथा महिलाको अकालमै ज्यान समेत लियो ।

प्रदेसिका युवाहरुको असुरक्षित यौन सम्पर्कका कारण धेरै मात्रामा, निर्दोष श्रीमतीहरुले मृत्युको बाटो रोज्नुप¥यो । यो सरुवा रोग हो । एचआईभी चेतनामूलक अभियानबाट मात्रै नियन्त्रण गर्न सकिने कण्डम लिही जाया चेतनामूलक भिडियोमा अभिनय गरेका तेज रावलले बताए । गीतले समाजको यर्थातलाई चित्रण गरेको छ । गीतमा ढकाल र बिष्ना शाहीको स्वर रहेको छ । तेज रावल, सबिता सुनार, सोनिया उपाध्यायले अभिनय गरेका छन् । आर.एस फिल्मसको ब्यानरमा बजारमा आएको कण्डम लिही आया गीतको छायांकन तथा सम्पादन सोनु बिक र निर्देशक रमेश बिजुली बिसी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस