एउटै दृष्टि, भिन्न कोण

शिवसेना नेपालले गावितलाई समर्थन गर्ने

२०७६ बैशाख ११ गते बुधवार

विरार, पालघर जिल्ला संसदीय सीटमा शिवसेना – भाजपाका संयुक्त उम्मेदवार राजेन्द्र गावितलाई शिवसेना नेपालको तर्फबाट तथा सम्पर्क प्रमुख अशोक सिंह नेपालीको मार्ग निर्देशनबाट पूर्ण समर्थन भएको निर्णय गरिएको छ । सोमबार साँझ विरारमा आयोजित एक कार्यक्रमका बीच सो निर्णय गरिएको हो । सो अबसरमा शिबसेना नेपालका तर्फबाट खेदकुद प्रमुख गगन ज्वाला, ठाणे जिल्ला प्रमुख भीम टमटा, कमलेश सिंह, मोहन सिंह, उत्तम भाट, रमेश पुजारा, पालघर जिल्ला सम्पर्क प्रमुख रविन्द्र पाठक र भाजपा पालघर जिल्ला उपप्रमुख केदारनाथ म्हात्रेको बिशेष सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस