एउटै दृष्टि, भिन्न कोण

ऋतिक र कंगनाको भिडन्त

२०७६ बैशाख २५ गते बुधवार

फिल्म । गत जनवरीमै रिलिजको तयारिमा रहेको फिल्म ‘सुपर ३०’ ले प्रदर्शन मिति सारेको थियो । फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा छन् भने सोहि डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्णिका’ पनि रिलिज थियो । ऋतिक र कंगनाको विवादले मिडियामा राम्रो चर्चा पाइरहेको थियो । यसैले गर्दा ऋतिकले सँगै फिल्म नल्याएको चर्चा भयो । यसलाई केहिले प्राविधिक कारण पनि भने । त्यसपछि फिल्मको रिलिज डेट जुलाई २६ लाई तय गरियो

त्यसपछि पछिल्लो समय अचानक यस डेटबाट पनि फिल्म सर्ने खबर बाहिर आयो । यस डेटमा फेरी पनि कंगना अभिनित फिल्म ‘मेन्टल हे क्या’ रिलिज हुने भएपछी ऋतिकको फिल्म सरेको खबर आएपछि सुपर ३० का निर्माण पक्षले प्रेस विज्ञाप्ति जारी गरेका छन् । यसपटक फिल्म नसर्ने उल्लेख गरिएको छ । आफुले पहिले डेट तय गरेकोले यसलाई नछाड्ने निर्माण पक्षको अडान रहेको छ । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस