एउटै दृष्टि, भिन्न कोण

प्रचण्ड र सीताबीच विवाह

२०७६ बैशाख २६ गते बिहिवार

काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस