एउटै दृष्टि, भिन्न कोण

एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

२०७६ बैशाख २७ गते शुक्रवार

 अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम र गाँजा च्याप्ने काठको फर्मा ( कम्प्रेस मेसिन), रेन्ची, फलामको मेसिन (जग) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका-१४ गंगटे बस्ने ३३ वर्षीय सानो कान्छा योन्जन र पर्सा, पर्सागढी नगरपालिका-९ मनवा बजार घर बताउने ३४ वर्षीय प्रगन सहनी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका-१४ बाट उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले लालबन्दी नगरपालिका-१४ गंगटेमा कारखाना संचालन गरी कच्चा हरियो गाँजालाई प्रशोधन गरी भारतीय तथा स्थानीय ग्राहकहरुलाई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस