एउटै दृष्टि, भिन्न कोण

‘कसरी भनुँ’मा विश्व र नमिताको प्रेम

२०७६ बैशाख ३० गते सोमवार

काठमाडौं– मोडलद्धय विश्व शर्मा र नमिता भुसालको अभिनय रहेको म्युजिक भिडियो ‘कसरी भनुँ’ सार्वजनिक भएको छ ।

गायक आर.के खत्रीको शब्द, संगीत र स्वर रहेको गीतमा रिकेश गुरुङको ऐरेन्ज रहेको छ । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको प्रेमिल गीतको भिडियो सुन्दर बनेको छ ।
विकी पुलामीको निर्देशन रहेको भिडियोमा कुन्चोक शेर्पाको छायाँकन र सतिज श्रेष्ठको सम्पादन छ ।

म्युजिक भिडियोको आधाभन्दा बढी छायाँकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस