एउटै दृष्टि, भिन्न कोण

‘मलाइ मेरो नाम भन्दा उपनामले चिन्छन्’ बुद्धि

२०७६ बैशाख ३१ गते मङ्गलवार

फिल्म । आउँदो जेठ ३ बाट फिल्म ‘बीर विक्रम २’ रिलिज हुँदैछ । फिल्ममा माया र मित्रताको कथलाई देखाइएको छ । सफल फिल्म ‘बीर विक्रम’ को नाम मात्र यसमा सापटी लिएको निर्देशक मिलन चाम्सले बताए । ‘बीर विक्रम सफल भएकोले नै यसको सिरिज बनाएको हु , तर यो सिक्वेल होइन’ उनले भने ‘यसमा उहिँ क्यारेक्टर छन् तर सिक्वेलको रुपमा बनाएका छैनौ ।’

अघिल्लो सिरिज झैँ यसमा पनि माया र मित्रतालाई नै केन्द्रमा राखिएको छ । फिल्ममा बीरको भूमिकामा पल शाह छन् भने विक्रमको भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ । यसैगरी बुद्धि तामाङ फिल्ममा भिलेनको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस